संसद् अधिवेशन हठात् अन्त्य गर्नु सरकारको निरंकुश कदम : माओवादी केन्द्र


काठमाडौँ । सरकारलाई समर्थन दिइरहेको नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भर्तसनासमेत गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै मंगलबारको बैठकले कार्यसूची तय र पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै बैठकले केपी ओली नेतृत्वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेको भन्दै बाह्य हस्तक्षेप आमन्त्रण गरिरहेकोले यो प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने छलफल घनिभूत पार्ने पनि निष्कर्ष निकालिएको छ । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope