फेसबुकको नँया फिचर : न्युज फिडमै पोडकास्ट र भ्वाइस क्लिप राख्न सकिने


काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्ममा नयाँ फिचर ल्याउने भएको छ । यसअन्तर्गत अब प्रयोगकर्ताले फेसबुकको न्युज फिडमै भ्वाइस क्लिप र पोडकास्ट राख्न पाउनेछन् । यसका लागि कम्पनीले अडियो बनाउन तथा शेयर गर्न विभिन्न नयाँ टुलहरु उपलब्ध गराउने भएको हो ।
यसका लागि कम्पनीले चाँडै ‘साउण्डबाइट्स’ नामको फिचर ल्याउँदै छ । यो फिचरबाट हामीले अहिलेसम्म कल्पनासमेत नगरेको एनेकडट, जोक्स, प्रेरणाका क्षण, कविता तथा अन्य धेरै कुराहरुलाई छोटो तथा अडियो क्लिपको स्वरुपमा क्याप्चर गरी फेसबुकको न्युज फिडमा राख्न मिल्नेछ ।
आधारभूत रुपमा यो ह्वाट्सएप तथा म्यासेन्जरमा साथीभाइमाझ शेयर गरिने छोटो अडियो क्लिपजस्तै हुन्छ ।
तर यो फेसबुक पोस्टजस्तै पब्लिक र शेयर गर्न मिल्ने किसिमको हुन्छ । साउण्डबाइट्स फिचर प्रारम्भिक चरणमा थोरै संख्यामा मात्र क्रिएटरहरूलाई उपलब्ध हुनेछ । तर केही महिनापछि यो सबैका लागि उपलब्ध हुनेछ ।
यदि तपाईंलाई लामो अडियोमा रुचि छ भने कम्पनीले चाँडै नै फेसबुकभित्रै प्रत्यक्षरुपमा पोडकास्ट सुन्ने सुविधासमेत ल्याउने घोषणा गरेको छ ।
पोडकास्ट तपाईंको रुचिगत विषयका आधारमा देखापर्ने छन्, जसलाई सामाजिक सञ्जालभित्रका अन्य सामग्रीलाई जसरी शेयर तथा कमेन्ट गर्न सकिने जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode