सल्यानको कुमाखमा वनको डढेलो बस्तीमा पस्दा ५ घर जले


काठमाडौं । वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानको कुमाख गाउँपालिका–३ राम्रीमा पाँच घरगोठ जलेर नष्ट भएको छ । मंगलबार बिहान थानीय रातपहरा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा नन्दराम ओलीको घरगोठ, क्षेत्रबहादुर ओलीको घरगोठ र होतीराम ओलीको गोठ जलेर नष्ट भएको हो ।

घरगोठ जल्दा घरमा भएका खाद्यान्न, लत्ताकपडा,नगद, गहनालगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान प्रहरीका सूचना अधिकृत अर्जुन पौडेलका अनुसार पाँच घरगोठ जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ ।

घरगोठ जलेर नष्ट भएका नन्दराम र क्षेत्रबहादुर ओलीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन । स्थानीय र प्रहरीको सक्रियतामा सोमबारदेखि सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न सफल भएको र बस्तीका अन्य घरहरु बचाउन सकिएको उनले बताए ।

जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण एक महिनामा दर्जन घर जलेर नष्ट भएको र दर्जन बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode