टी–२० सिरिज अन्तरगत मंगलबारको खेलमा नेदरल्याण्ड्ससंग नेपाल पराजित

७ बैशाख २०७८, मंगलवार १८:०८

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन । यो जितपछि नेदरल्याण्डसले गत शनिबार नेपालसँग व्यहोरेको हारको बदला लिएको छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ । नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । तर रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.