कपिलवस्तु सडक दुर्घटनामा एकको मृत्यु, २४ घाइते


काठमाडौं । कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

दुर्घटनामा बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए ।

बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode