राम–सीताको मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ



काठमाडौँ । चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति आज रथयात्रासहित त्यसतर्फ लगिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो ।

त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।

अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेकसहित प्रतिस्थापन गरिने जनाइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अतिथि सहभागी हुनुहुनेछ ।    
(रासस)    


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode