कोरोना संक्रमण रोकथामका उपाय अनिवार्य पालना गर्न काठमाडौं प्रशासनको अनुरोध

७ बैशाख २०७८, मंगलवार १७:२७

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी लागु गरिएका नियम तथा मापदण्ड पालना गर्न सुचना जारी गरेको छ ।

प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको सूचनामासोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर बद्दै जाँदा घना बसोबास रहेको काठमाडौंमा सबैभन्दा बढी संक्रमित भेटिने गरेका छन् । जसका कारण पनि काठमाडौंलाई संक्रमणको उच्च जोखिममा राखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.