अदालत पुगेपनि एमाले नेपाल समुहको ओलीविरुद्धको रिट दर्ता भएन

कठमाडौं । नेकपा एमालेको विवाद फेरी अदालत सम्म पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्ना समुहको नेताहरुलाई कारवाही गरी राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजेको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको हो ।
यद्यपी उनिहरुको रिट भने दर्ता भएको छैन । दिउँसो ३ बजे अदालत पुगेको भएपनि कर्मचारीले नभ्याउने भनेर रिट दर्ता नगरेको अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।
त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस