अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर, ४० वर्ष जेल सजाय


काठमाडौं । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूवचौर्भि प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।

अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए ।

डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो । मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए ।

जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताएका थिए ।

मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो
४६ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ ।

तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए । फैसला आउनुअघि अमेरिकी शहरहरुमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope