ओलीको कारवाही विरुद्ध खनाल–नेपाल समुह अदालत जाने तयारीमा


काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने तयारीमा रहेका छन् ।

सो पक्षका एक नेताले अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध आजै अदालत जाने टुंगो भएको जानकारी दिएका छन् । यद्यपी नेपाल–खनाल समुहको स्थायी समिति बैठक अहिले जारी छ ।

ेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए । ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरुलाई छानीछानी स्पष्टीकरण सोधेपछि विभाजनको संघारमा रहेको एमालेभित्र थप संकट पैदा भएको छ ।

ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाएका छन् । मंगलबार २ दिने समय सीमासहित ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई यस्तै व्यहोराको पत्र पठाएर कारवाही प्रक्रिया अघि बढाएका हुन् । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode