एकैदिन २ हजार ३५१ कोरोना संक्रमित थपिए, १० को मृत्यु

८ बैशाख २०७८, बुधबार १७:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।


जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


यसैगरी २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.