त्रिदेशीय टी–२० शृङ्खला : मलेसियालाई नेदरल्याण्ड्सको १०८ रनको लक्ष्य

८ बैशाख २०७८, बुधबार १५:३५

काठमाण्डौ । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सले मलेसियालाई १०८ रनको लक्ष्य दिएको छ । नेदरल्याण्डले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए


नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।


आज नेदरल्याण्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ । आज हारेमा मलेसिया प्रतियोगिताबाट बाहिरिनेछ । नेपाल र नेदरल्याण्ड्सको समान चार÷चार अङ्क छ भने मलेसियाले अङ्क जोड्न सकेको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.