अस्ट्रेलियाद्वारा चीनसँगको ‘बेल्ट एन्ड रोड’ सहित ४ सम्झौता रद्द


काठमाडौं । अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ वटा सम्झौता रद्द गरेको घोषणा गरेका हुन् । त्यसमध्ये दुई वटा सम्झौता बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित रहेका छन् ।

यो सम्झौता अस्ट्रेलियाको भिक्टोरिया राज्यले चीनसँग २०१८ र २०१९ मा सम्झौता गरेको थियो । अस्ट्रेलियाको संघीय सरकारलाई गत डिसेम्बरमा कुनै पनि प्रान्त वा विश्वविद्यालयद्वारा गरिएको निर्णय रद्द गर्न सक्ने भिटो पावर दिइएको थियो ।

अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले विदेश नीतिका कारण चीनसँगको सम्झौता खारेज गरिएको बताए । बिहीबार पुनः एक पटक विदेशमन्त्री पेनले यो निर्णय कूटनीतिक सम्बन्धका स्थिरता सुनिश्चित गर्नका लागि लिइएको जनाएका छन् । उनले आफूहरुले कुनै देशलाई निशाना बनाउन नचाहेको पनि बताएकी छिन् ।

एबीसी रेडियोको एउटा कार्यक्रम विभिन्न प्रान्तले विभिन्न मुलुकसँग सम्झौता गरेको उल्लेख गर्दै नयाँ नीतिअनुसार संघ सरकारलाई उक्त सम्झौता रद्द गर्ने अधिकारी भएको उनले बताइन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope