पाकिस्तामा ’चिनियाँ राजदूत लक्षित’ विस्फोट, चार जनाको मृत्यु


काठमाण्डौ । पाकिस्तानी सहर क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा चार जनाएको ज्यान गएको छ । विस्फोटमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ ।

विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । समाचारका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएको छ ।

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ । क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ । आक्रमणको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । उनि विस्फोटको समयमा एक समारोहमा रहेको बताइएको छ । विस्फोट होटलको कार पार्किंग गर्ने ठाउँमा भएको हो ।

पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थ भरिएको कारमा विस्फोट भएको एआरवाय न्युज टीभीसँग बताएका छन् ।
बलुचिस्तान लामो समयदेखि पृथकतावदी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरुले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र त्यस क्षेत्रमा भइरहेका चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले विरोध गर्दै आएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope