अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताउनुभयो । पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ ।

नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गर्नुभएको थियो । नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियाल्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope