रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लियो

९ बैशाख २०७८, बिहीबार ०८:०९

काठमाडौं । रियल मड्रिडले स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । काडिजलाई उसकै मैदानमा रियलले ३–० गोलअन्तरले पराजित गरेको हो ।

बुधबार राति भएको काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो । खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।


३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए ।


जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ३२ खेलमा ७० अंक जोडेको छ । काडिज ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.