पार्टीमा रहन नदिन अनेक दाउपेच भयो : खनाल–नेपाल समूह


काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टीमा रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएका छन् ।

७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार सामूहिक अपिल जारी गर्दै उनीहरुले आफूहरुलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू गरिएको आरोप लगाएका हुन् ।

पछिल्लो समय ओलीले चालेका कदमले एमाले विभाजन हुनुको साथै कम्युनिष्ट आन्दोलन विसर्जनको दिशामा रहेको बताएका छन् । आफूहरु भने एकताको पक्षमा रहेको उनीहरुको भनाइ छ ।

यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुने अपिलमा उल्लेख गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode