प्रदेश २ को लागी दुई नाम प्रस्तावित


काठमाडौं । प्रदेशको २ को नाम र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले, माओवादी र जनता समाजवादी पार्टीले प्रस्ताव दर्ता गराएका हुन् । तीनै दलले राजधानी जनकपुरको प्रस्ताव गरे पनि प्रदेशको नाममा भने सतापक्ष जनता समाजवादी पार्टी र माओवादीले मधेस र नेकपा एमालेले जानकी प्रस्ताव गरेका छन् ।

प्रदेश नामकरण र स्थायी राजधानी तोक्न जसपा र माओवादी केन्द्रले एकै खालको प्रस्ताव दर्ता गराएका छन् । एमालेका प्रदेश सांसद प्रमोदकुमार यादवले प्रस्ताव गरेको जानकी नाममा सांसदहरू वेंची लुंगेली, डिल्लीप्रसाद उप्रेती र नागेन्द्र राय यादव समर्थन गरेका छन् । एमालेका सांसद रवीन्द्र बैठा धोबीले प्रस्ताव गरेको जनकपुरधाम राजधानीलाई सांसदहरू डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव र हसिमा खातुनले समर्थन गरेका छन् ।

जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरू रानीकुमारी तिवारी, वविता कुमारी र सावित्रीदेवी साहले समर्थन जनाएका छन् ।

जसपा सांसद प्रमेश्वर साहको प्रदेश राजधानी जनकपुरधामको प्रस्तावमा सांसदहरू चमेलीदेवी दास, सञ्चमाया मोक्तान र नीराकुमारी साहले समर्थन गरेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा सांसदहरू दिलीपकुमार साह र जगत यादवले समर्थन गरेका छन् ।

कांग्रेस संसदीय दलको बैठकले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुर प्रस्ताव गर्ने निर्णय गरेको छ । नाम र राजधानीको सवालका अन्य दलसँग वार्ता गर्न लचक हुने निर्णय आफ्नो पार्टीले गरेको प्रमुख सचेतक उपेन्द्र कुशवाहाले बताए । कांग्रेसले प्रस्ताव बिहीबार दर्ता गराउने जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode