द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने


द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि दु्रतमार्गको अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार आर्थिक वर्ष ०७८÷७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै सुरु गरिने तयारी भइरहेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतसम्बन्धी समस्या अझै सुल्झिन नसकेको अवस्थामा काठमाडौँतर्फबाट कामलाई अगाडि बढाउँदा विभिन्न समस्या देखिएको तर निजगढ तर्फबाट कामलाई अगाडि बढाउन कुनै पनि समस्या नरहेकाले त्यसतर्फबाट नै काम अगाडि बढाउन तयारी सुरु गरिएको जानकारी दिनुभयो ।

खोकनाको जग्गा विवादका कारण आयोजनाको अन्य ठाउँको काम अवरोध नहुने प्रवक्ता पौडेलले स्पष्ट पारे । द्रुतमार्ग निर्माणले यहाँका सांस्कृतिक सम्पदासमेत मासिने खोकनावासीको आरोप छ । द्रुतमार्ग निर्माणका लागि खोकनाबाहेक अरू कुनै पनि ठाउँमा जग्गासम्बन्धी विवाद रहेको छैन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope