सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु


गोरखा । करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम९पश्चिम०को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो ।

ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
९रासस०


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode