थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने ओलीको घोषणा

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् ।
साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि पुनः गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।
ओलीले भने ’हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ । हामीले निष्कासन गरेका मान्छेहरु जित्दैनन्, ’ ओलीले बैठकमा धारणा राखेका थिए,’जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै हाम्रो उम्मेदवार हो ।
हामीले समयमा औपचारिक निर्णय गरिनेछ ।’ जनता पुनः एमालेको पक्षमा छ भन्ने सन्देश दिन निर्देशन दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने आश्वासन दिएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस