सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै अनुमति जारी


काठमाडौँ । पर्यटन विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्त ऋतुमा हुन लागेको आरोहणमा हालसम्मकै धेरै अनुमति जारी गरेको छ ।


कोभिड–१९ को दोस्रो लहरले छिमेकी मुलुकलगायत विश्वभर असर पारिरहेका बेला विभागले शुक्रबारसम्म सलामी दस्तुर लिइ सगरमाथा हिमाल आरोहणका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति पत्र जारी गरेको तथ्यांक सार्वजनिक गरेको छ ।


यसमा ३ सय ७५ जना विदेशी छन् भने १९ जना नेपाली छन् । जो मौसम अनुकुल भएपछि मध्य वैशाखपछि सुरु भइ जेठ पहिलो सातासम्म हुने शिखर आरोहणका लागि प्रयास गर्ने छन् ।


विभागकी निर्देशक मिरा आचार्यलेका अनुसार यस वर्षको वसन्तकालीन हिमाल आरोहण अनुमति दिने कार्य जारी नै छ । ‘सगरमाथाका लागि यो आरोहण अनुमतिको अंक हालसम्मकै उच्च मानिएको छ,’ उनले भनिन्, ‘अनुमति दिने कार्य रोकिएको छैन । तर, सगरमाथाका लागि आरोहण दल व्यवस्थापन गर्ने कम्पनीहरुको इन्क्वाइरीमा अब कमी आउँदै गएको छ ।’


विभागले शुक्रबारसम्म नेपाली र विदेशीबाट संकलन गरिएको सलामी दस्तुर ४७ करोड ७७ लाख पुगेको जनाएको छ । विभागले वसन्त ऋतुमा हुने सगरमाथा आरोहणमा नेपाली आरोहीबाट प्रति व्यक्ति ७५ हजार रुपैयाँ र विदेशी नागरिकबाट प्रति व्यक्ति ११ हजार डलर (१३ लाख १८ हजार हाराहारी) सलामी दस्तुर लिने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope