२४ घण्टामा २४ सय ८६ कोरोना संक्रमित थपिए


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ७५ सय २५ पीसीआर परीक्षणबाट शनिबार २४ सय ८६ जना संक्रमित फेला परेको हो । त्यस्तै ११ सय ४३ एन्टिजेन परीक्षणबाट १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । २४ घण्टामा ३६८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ । सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् भने क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope