नँया सरकार बनाउने प्रयास जारी राख्ने कांग्रेस पदाधीकारी बैठकको निष्कर्ष


काठमाडौं । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय भएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
बैठकमा ओली सरकारको विकल्प दिनका लागि काँग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकालिएको छ ।
काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ । सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ । काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान समेत चलाएको छ । सो अभियानले छिट्टै पूर्णता पाउने नेताहरुले बताउँदै आएका छन् ।
यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने केसीले जानकारी दिए ।
बैठकमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode