नेपाललाई खट्रान्जिट बनाउने गरी आएका विदेशीको पिसिआर परिक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ ।
नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड– १९ को परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode