अक्सिजन सहित अत्यावश्यक सामग्री उपलव्ध गराउन भारतलाई पत्र


काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको जनाइएको छ । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ ।

नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ ।

यतिवेला भारतमा नै अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव भए पनि नेपाललाई सकेसम्म छिटो उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीले दिएका छन् ।

नेपालका लागी सबैभन्दा उच्च प्राथमिकतामा ‘लिक्विड अक्सिजन’ रहेको छ । संक्रमितको संख्या ह्वात्तै बढेमा ‘लिक्विड अक्सिजन’ को अभाव हुने सक्ने सरकारी अधिकारीहरु बताउँछन । भारतले देशभित्र अक्सिजनको अभाव भएलगत्तै निर्यातमा बन्देज लगाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope