समाचार लेखेको विषयलाई लिएर प्रहरीद्वारा २ पत्रकार पक्राउ


काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चारबुँदे सहमति भएको भनेर लेखेको समाचारबाट ती कसूर आकर्षित भएको एसएसपी सिंहको दाबी छ ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope