साउदीमा कोरोना फैलाउनेलाई a५ वर्ष जेल र ५ लाख रियाल जरिवाना


काठमाण्डौ । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल सजाय र पाँच लाख साउदी रियाल जरिबाना गर्ने घोषणा गरेको छ ।

गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको हो ।

साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

यस्तै कोरोना सङ्क्रमण फैलाउने आप्रवासीलाई पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने पनि जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलाउने कार्यलाई साउदीले अपराध भनेको छ ।

साउदीले गएको डिसेम्बर १७ देखि त्यहाँका नागरिक र आप्रवासीहरुलाई निःशुल्क रुपमा कोरोनाको खोप प्रदान गर्दै आएको छ । साउदीका अधिकारीहरुले जनाएअनुसार साउदीभर विभिन्न ५ सय ८७ खोप केन्द्रमार्फत अहिलेसम्म ८० लाख मानिसलाई खोप लगाइसकेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ४ लाख १० हजार १९१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६ हजार ८ सय ७८ कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode