कोरोनाविरुद्धको लडाइँमा परिचालित हुन मातहत कमिटीलाई एमालेको निर्देशन

१२ बैशाख २०७८, आईतवार १३:५६

काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउने जस्ता कार्यक्रम गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्न निर्देशन दिएको जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.