माधव नेपाल समुहको रिटमा सर्बोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१३ बैशाख २०७८, सोमबार १६:५७

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समुहले आफुहरुविरुद्धको कारवाही रोक्न दिएको रिटमा सर्बोच्चलेअन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर प्रधानमन्त्री केपी शर्मा ओली सहित सम्वन्धित पक्षलाई जवाफ दिन भनेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सर्वोच्च अदालतले निर्वाचन आयोग, केपी ओली, सभामुख, संघीय संसद सचिवालय र ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन सोमबार आदेश गरेको हो ।

पार्टीले कारबाही गरिनसकेकाले अन्तरिम आदेश दिन आवश्यक नभएको सर्वोच्चको आदेशमा लेखिएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.