उपत्यकामा मंगलबारदेखी निषेधाज्ञा, बिहिबारदेखि यातायात पनि बन्द हुने

१३ बैशाख २०७८, सोमबार १४:४५

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबारदेखी निषेधाज्ञा जारी हुने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खाद्यपदार्थ र औषधि पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
आइतबार कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । तर मंगलबार वैशाख १४ गतेदेखि नै निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले बताए ।
उनका अनुसार सार्वजनिक र निजी यातायात भने वैशाख १६ गतेदेखि बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.