सुर्खेतमा मंगरबार रातिदेखि एक हप्ता निषेधाज्ञा जारी

१३ बैशाख २०७८, सोमबार १३:२५

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि लागु हुने गरी सुर्खेतमा एक साता निषेधाज्ञा घोषणा गरिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न पाइने छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.