कोरोना बिमा भुक्तानी फेरी रोकियो


काठमाडौं । सरकारले रकम उपलव्ध नगराएको भन्दै बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् ।

नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द गरेको सार्वजनिक सूचना नै निकालेको छ । तर सरकारबाट भुक्तानी आएपछि भने नियमित रुपमा सहज तरिकाले भुक्तानी हुने कम्पनीले बताएको छ ।

कोरोना बिमा पोलिसी जारी गरेपछि धेरै नेपालीहरुमा संक्रमण देखिएको थियो । १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बिमा गर्न पाइने यो पोलिसी धेरै संक्रमित भएको भन्दै कम्पनीहरुको आग्रहमा बिमा समितिले गत वर्ष बन्द गरिदिएको थियो । तर सरकारले पनि व्ययभार खेप्ने भएपनि पुनः सुचारु भएको थियो ।

सरकार र कम्पनीहरुबीच भएको सहमति अनुसार १ अर्ब रुपैयाँसम्मको भुक्तानी बिमा कम्पनीले नै व्यहोर्ने त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बिमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो ।

बिमा कम्पनीहरु तथा रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने भुक्तानी दिइसकेका छन् । नियामक निकाय बिमा समितिले समेत दिनु पर्ने १ अर्ब भुक्तानी भइसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारले दिने भुक्तानीको प्रक्रिया पनि शुरु भइसकेको र चाँडै दिइने उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope