काठमाडौंस्थित शंखपार्कमा शारिरिक व्यायामका पुर्वाधार


काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर–४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् ।

अहिले व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिंगल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एन्ड फिटनेस राइडर, स्डान्डिङ् एन्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेसन र लेग लिफ्टरलगायत छन् ।

यी उपकरण हरेक उमेर र तौल भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी राखिएका छन् । प्रमुख शाक्यले यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए । अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको उनले बताए ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताइन् । शंखपार्कमा यसअघीपनि मानिसहरु विहान भेला भई व्यायाम गर्दै आएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope