माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेस भएको अन्तरिम विधान केन्द्रीय कमिटीमा प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको छ । साथै केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गर्ने निर्णय पनि भएको छ ।

प्रदेश, जिल्ला र सम्बन्धित पालिकाका कमिटीमा त्यहाँ रहेको जनसंख्यामा दुई प्रतिशत थप गर्ने गरी दलित समुदायलाई विशेषाधिकारसहित सबै कमिटीमा अनिवार्य प्रतिनिधित्व गराउने निर्णय गरेको पनि नेता श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको सबै कमिटीमा ४० वर्ष उमेर समूहका युवा कम्तीमा २० प्रतिशत राख्नेगरी निर्णय गरेको छ ।

पार्टीको सबै समितिका पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले जानकारी दिए । वैचारिक, राजनीतिक विषयमा गम्भीरतापूर्वक पार्टीमा छलफल चलाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस अतिरिक्त संगठनात्मक क्षेत्रमा केही विषयमा पनि पार्टीमा व्यापक छलफल चलाउने निर्णय गरिएको श्रेष्ठले बताए । ‘
उनका अनुसार बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope