सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्ने अधिकारबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भन्दै यसबारेमा छलफल नहुने बताए।

आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिको बारेमा पनि छलफल हुने जनाइएको छ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो।

मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो । प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope