धनगढी एफसीको सुपर लिगमा पहिलो जित


काठमाडौं । विदेशी खेलाडी ओलावाले आफिजले उत्कृष्ट प्रदर्शन गरेपछि धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा १० खेलाडीमा समेटिए पनि धनगढीले काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै तीन गोल हुँदा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले दुई गोल गरे भने टंक बस्नेतले एक गोल गरे ।

पहिलो खेलमा विराटनगर एफसीसंग ३–० ले हारेको धनगढीले भने दोस्रो खेलमा उत्कृष्ट खेल खेल्दै शानदार जित हात पा¥यो । पहिलो खेलमा ललितपुर सिटी एफसीलाई पराजित गरेको काठमाडौंको यो पहिलो हार हो ।

खेलमा दुई गोल गरेका धनगढीका ओलावाले प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै धनगढीकै पुजन उपरकोटीले प्रोमोसिङ प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ पाए ।


जितपछि धनगढीले २ खेलमा ३ अंक जोडेको छ । साथै धनगढी तेस्रो स्थानमा उक्लेको छ । यस्तै काठमाडौंको पनि २ खेलबाट ३ अंक नै छ । काठमाडौं चौथो स्थानमा झरेको छ ।

लिगमा मंगलबार एफसी चितवन र बुटबल लुम्बिनी एफसी तथा विराटनगर सिटी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope