दाङमा शुक्रबारदेखी लकडाउन

१४ बैशाख २०७८, मंगलवार १८:५०

काठमाडौं । कोरोना संक्रमण बढ्ना थालेपछि दाङमा पनि लकडाउन घोषणाा गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले दाङमा शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.