ऊर्जामन्त्री रायमाझी कोरोना संक्रमण भएपछि अस्पताल भर्ना

१४ बैशाख २०७८, मंगलवार १४:०७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।
अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको जनाइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.