निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा


काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) का कारण गतवर्ष झैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा पर्नेभएको छ ।    
    
व्यवसायीले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौँ निर्माण व्यवसायी अहिलेको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासङ्घको भनाइ छ ।

तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनामा व्यावहारिक रुपमा म्याद थप गरी व्यवसायीलाई राहत दिन महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति मार्फत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउनुभएको छ ।    
    
अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्वलगायतका कारणले गर्दा व्यवसायीले गत वर्ष र यसवर्षसमेत निर्माण गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई याम गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानी हाल सञ्चालित सम्पूर्ण निर्माणका लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिदेखि गणना हुने गरी म्याद थप गरिनुपर्ने महासङ्घको माग छ ।    
    
यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियामा निर्माण व्यवसायी सदस्य एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्न नसकिने भएकोले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरी उक्त सबै बोलपत्रको म्याद कम्तीमा १५ दिन थप गरी दिन महासङ्घले जोडदार माग गरेको छ ।    
    
कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीले पाउनु पर्ने अरबौँ अरब रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासङ्घले जनाएको छ । यी विविध कारणले सञ्चालनमा रहेका हजारौँ आयोजनासमेत अगाडि बढाउन नसकिने भएकाले यथाशक्य छिटो व्यवसायीको रकम राज्यले भुक्तानी गर्ने वातावरण मिलाई जटिल परिस्थितिमा समेत अर्थतन्त्रलाई चलायमान बनाइराख्न महासङ्घले आग्रह गरेको छ ।    
    
हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मूल्यवृद्धि, निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न महासङ्घले सम्बन्धित सबै निकाय समक्ष अनुरोध गरेको छ । साथै राज्यले जारी गरेको सूचना अक्षरशः पालना गरी कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट पहल गर्न देशभरका तमाम व्यवसायीलाई महासङ्घले अपिल गरेको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope