निरन्तर घट्दै सेयर कारोबार रकम


काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेको छ । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो ।

त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो ।

आइतबार सेयर कारोबार रकम ७ अर्ब माथि भएकोमा बुधबारसम्म आइपुग्दा ४ अर्ब रुपैयाँ पनि पुगेन । सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार घटेर ५ अर्ब रकम माथि पुग्यो ।

कारोबार रकम घट्ने क्रम चौथो दिन पनि जारी रह्यो । बुधबार ३ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । केही दिन यता लगातार बढिरहेका दुई कम्पनीहरु महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्य भने बुधबार पनि उच्च अंकले बढेको छ ।

महिला लघुवित्तको आईपीओ सूचीकृत भएसँगै शुरु भएको बढ्ने क्रम अझै जारी छ । बुधबार महिला लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ । विशाल बजारको पनि ९ दशमलव ९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ४ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope