भारतमा दाह संस्कार गर्ने ठाँउ अभाव हुँदा पार्कमै जलाउन थालियो शव


काठमाडौं । भारतमा कोरोनाका कारण मानिसहरुको तिव्र मृत्यु हुन थालेपछि शब जलाउन समस्या भएको छ । कोरोना महामारीका कारण जुन रफ्तारमा मानिसको मृत्यु भइरहेको छ, भारतको राजधानी दिल्लीमा दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ ।

शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको छ ।

मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा संक्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

सोमबारको तथ्यांकको तुलनामा मंगलबार नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ । सोमबार तीन लाख ५२ हजार ९९१ नयाँ संक्रमित थपिएका थिए भने मंगलबार यो संख्या तीन लाख २३ हजार १४४ रह्यो ।

यसका साथै भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode