इच्छुक स्मृति पुरस्कार कवि तिमिल्सिनालाई


काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले ‘इच्छुक स्मृति पुरस्कार २०७७’ कवि बलराम तिमिल्सिनालाई दिने भएको छ ।    
    
हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक साहित्यकार तथा कलाकर्मी एवं प्रतिभाहरूलाई पुरस्कृत गर्दै प्रतिष्ठानले नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील रही नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यको विकास र प्रवद्र्धनका लागि योगदान गरेकामा उहाँलाई सो पुरस्कार दिने भएको हो ।    
    
प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पङ्ज्ञेनीले आज जारी गरेको विज्ञप्तिमा साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’ सीता विकलाई र कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’ रमण थामीलाई दिइने भएको उल्लेख छ । इच्छुक स्मृति पुरस्कारको राशि रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशि जनही रु २५ हजार र प्रमाणपत्र रहेको छ । पुरस्कृतहरुलाई आउँदो जेठ १३ गते पुरस्कार प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।    


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope