टी–२० वरीयतामा कुशल भुर्तेलको वरियता सुधार, ६१ औं स्थानमा उक्लिए


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलको आईसीसी टी–२० वरियतामा सुधार भएको छ । टी–२० वरीयतामा उनले ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका हुन् ।

आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।

नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए । सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले वरीयतामा धेरै स्थान सुधार गरेका हुन् ।

भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा अघि छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन् । त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode