सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही अस्पतालमा


काठमाडौँ । सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड–१९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिएका छन् ।

उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन् । उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका हुन् । निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका अनुसार आजै अस्पताल भर्ना भएका हुन् । तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालकी कोभिड– १९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो ।

सांसद शाहीको अवस्था सामान्य रहेको उनले बताइन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो । उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।
अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक शुरु हुनु अघि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गरेर निवेदन दिएकी थिइन् । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope