स्वास्थ्य विभागको टोलीद्वारा महाकाली अस्पतालको अनुगमन


कञ्चनपुर । स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररण श्रेष्ठसहितको उच्चस्तरीय टोलीले आज महाकाली अस्पतालको अनुगमन गरेको छ । टोलीले अस्पतालको वस्तुस्थितिबारे जानकारी लिएको छ ।

टोली प्रमुख श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पताल बिरामीले भरिएको बताउनुभयो ।

“आवश्यक जनशक्तिको अभाव छ”, उहाँले भन्नुभयो, “अक्सिजन, भेन्टीलेटरलगायतको अभाव रहेको छ, यसको पूर्ति गरिदिनु प¥यो ।” प्रत्युत्तरमा महानिर्देशक श्रेष्ठले २०० श्ययाको अस्पताल भएकाले क्षमतानुसार जनशक्ति र अक्सिजनलगायतको व्यवस्था मिलाइने बताउनुभयो । टोलीले आजै पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको समेत अनुगमन गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope