राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

१५ बैशाख २०७८, बुधबार १४:५०

काठमाडौँ । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको हो ।

खड्कालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । खड्का माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रको संसदीय दल बैठकले खड्काले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.