खुला मञ्चबाट बसपार्क हट्यो, सवारी प्रवेशमा रोक


काठमाडौँ । काठमाडौं महानगरले खुला मञ्चबाट बसपार्क हटाएको छ । खुलामञ्चमा रहेको सिटी बसपार्कमा बुधबार सांझबाट सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेशमा रोक लगाएको हो ।

सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ ।

बैशाख ९ गते महानगरले खुला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन आजबाट खुला मञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार यस बसपार्कबाट करिब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दुरीका र करिब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गर्छन् ।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ । टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् ।

यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुला मञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुला मञ्चलाई खुला राख्न महानगरले बसपार्क हटाएको हो । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode