निशेधाज्ञा भएपछि निफका सबै फिल्म नेट टिभीमा देखाइने


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले निशेधाज्ञा घोषणाभएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिस्पर्धी सबै फिल्महरुलाई नेट टिभीबाट देखाइएने भएको छ ।

कोरोना संक्रमणपछि सरकारले निशेषाज्ञा घोषणा गरेपछि नीफका सबै कार्यक्रम अनलाइन मार्फत गर्ने गरिने भएको हो । निफ महोत्सवब यही बैशाख २३ देखि २७ गतेसम्म गर्ने निर्णय गरिएको थियो ।
सम्भब भएसम्मका गतिविधी अनलाइन गर्ने र महोत्सवमा सहभागी चलचित्रलाई नेट टिभीमा प्रर्दशन गर्ने निर्णय भएको महोत्सबका अध्यक्ष केपी पाठकले बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आएको निफ महोत्सब फागुन महिनमा गर्दै आएको थियो । फागुन महिनामा हुनुपर्ने उक्त महोतत्सबलाई बेशाख २३ देखि २७ सम्म गर्ने निर्णय गरिएको थियो ।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गर्ने आयोजनकले जनाएको छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतब बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिने छ । नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यस महोत्सबको जुरी कमिटी र प्रोमो सार्वजनिक गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope