गण्डकीका युवा तथा खेलकुद मन्त्री मनाङ्गेले लिए सपथ


कााठमाडौं । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope